दफा १७
विश्वविद्यालयको कोष
(१) विश्वविद्यालयको एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः-
(क) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त रकम,
(ख) विश्वविधालय अनुदान आयोगबाट प्राप्त अनुदानको रकम,
(ग) कुनै व्यक्ति वा संस्थाबाट चन्दा, दान, दातव्य वा आर्थिक सहायतास्वरुप
प्राप्त रकम,
(घ) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्थाबाट अनुदान वा सहायतास्वरुप प्राप्त
रकम,
(ङ) शैक्षिक तथा अन्य शुल्क वापत प्राप्त रकम,
(च) विश्वविद्यालयको बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारबाट प्राप्त रकम,
(छ) विश्वविद्यालयको आय: आर्जनबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिम कुनै बिदेशी व्यक्तिबाट र खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नुअघि विश्वविद्यालयले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) विश्वविधालयको कोषको रकम बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंकमध्ये कार्यकारी परिषद्ले तोकेको बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) विश्वविद्यालयको सबै खर्चहरू संरक्षक समितिबाट स्वीकृत भए बमोजिम उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) विश्वविद्यालयको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।